यस्तो क्रियाकलापले तौल घटाउन सकिन्छ

नेपालभ्युज

यस्तो क्रियाकलापले तौल घटाउन सकिन्छ

एजेन्सी । कैयौं त्यस्ता सामान्य र सरल क्रियाकलापहरु छन्, जसलाई अभ्यास गरेर तपाईं सजिलै आफ्नो तौल कम गर्न सक्नुहुन्छ ।

  •  शरीरलाई गठिलो र क्रियाशिल बनाउनका लागि ब्याडमेन्टन खेल्न सकिन्छ । दैनिक एक घण्टा ब्याडमिन्टन खेल्दा शरीर लचकदार हुन्छ ।
  •  अर्को हो डोरी खेल्नु वा स्किपिंग गर्नु । यसले हात खुट्टा सँगै पुरै शरीरको व्यायाम हुन्छ र तौल कम हुन्छ ।
  • स्विमिंग महिलाहरुका लागि खासगरी एकदमै राम्रो मानिन्छ । यसले ब्रेस्ट तथा शरीरको माथिल्लो भागलाई सुन्दर तथा कसिलो बनाउन सहयोग गर्छ ।
  •  घरमै बसेर दैनिक उठबस पनि गर्न सकिन्छ । दैनिक तपाईं केही समय उठबस गरेर पनि आफ्नो कसरत पूरा गर्न सक्नुहुन्छ ।
  •  त्यस्तै यदी साइकल चलाउन मन पर्छ भने यो पनि एउटा सही तरिका हो । साइकल चलाउँदा शरीरका सबै भागको कसरत हुन्छ । साथमा यसले पेट र कम्मरदेखि तलको भागलाई घटाउन मद्दत गर्छ ।
  •  तपाईं नाँचेर पनि तौल कम गर्न सक्नुहुन्छ । नाँच्दा तपाईंको शरीरसँगै मानसिक रुपमा पनि खुशी मिल्छ । त्यसैले दैनिक एक घण्टा नाँच्नु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ ।
  •  यसबाहेक घरमै एरोविक्स, जुम्बा, योगा आदि गर्न पनि सकिन्छ । दैनिक आधा देखि एक घण्टा यस्तो खालको क्रियाकलापमा समय दिँदा तौल घट्नुका साथै शरीर पनि स्वस्थ रहन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved