काठमाडौंको ठमेलमा कुटपिट गरी युवतीको हत्या

नेपालभ्युज

काठमाडौंको ठमेलमा कुटपिट गरी युवतीको हत्या
प्रतिकात्मक तस्वीर

काठमाडौं। काठमाडौंको ठमेलमा एक युवतीको कुटपिट गरी हत्या भएको छ । काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको हो।

हत्या अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूबीच आपसी विवाद भई झैं-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved