आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी प्रदेश सरकारले बनायो समिति

नेपालभ्युज

आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी प्रदेश सरकारले बनायो समिति

विराटनगर । कोशी प्रदेश सरकारले पहिचानको आधारमा पुन: नामकरणको माग गर्दै आन्दोलनमा रहेकासँग वार्ता गर्न ३ सदस्यीय समिति गठन गरेको छ ।

खानेपानी, सिचाईं तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा बनेको समितिमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् ।

गत फागुन १७ गते प्रदेश सभा बैठकले तत्कालीन प्रदेश नं. १ को नाम ‘कोशी’ राखेसँगै पहिचान पक्षधर शक्तिहरूले लगातार विरोध प्रदर्शन गरिरहेका छन् । त्यसै क्रममा पदम लिम्बू ‘लाजेहाङ’को निधन भएको छ भने अन्य सयौं घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved