सेनाको नेतृत्व र युनिलिभरको सहकार्यमा हिमालबाट ३५ हजार किलो फोहोर संकलन

नेपालभ्युज

सेनाको नेतृत्व र युनिलिभरको सहकार्यमा हिमालबाट ३५ हजार किलो फोहोर संकलन

काठमाडौं। नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाइ र हटाउने “सफा हिमाल अभियान २०२३” सकिएको छ।

यसवर्षको अभियानले हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो। जुन लक्ष्य पुरा भएको छ। यस अभियानमार्फत हिमालबाट ३५ हजार ७०८ केजी फोहोर संकलन गरिएको थियो।

स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३ हजार ६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो।

अन्नपूर्णबाट ३ हजार ५६७ किलो फोहोर उठेको छ। बरुञ्चेबाट १८ हजार ५२० केजी गरी जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो।

यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको बताए। नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र सचेतना जगाउन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको बताए।

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढवा दिएको छ। वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved