काभ्रेमा बसले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गयो

नेपालभ्युज

काभ्रेमा बसले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गयो

काभ्रे। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रुको ज्यान गएको छ ।

काठमाडौँबाट बनेपातर्फ गुडिरहेको बा ४ ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो ।

गम्भीर घाइते उनको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved