विश्व टेष्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै, हारको यात्रा तोड्ला त भारतले ?

नेपालभ्युज

विश्व टेष्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै, हारको यात्रा तोड्ला त भारतले ?

एजेन्सी। आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल आजदेखि सुरु हुँदैछ । भारत र अष्ट्रेलियाबीचको फाइनल आज बुधबार दिउँसो सवा ३ बजे देखि इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ ।

भारत फाइनलमा अष्ट्रेलियालाई हराउँदै दशकपछि आइसिसीको उपाधि जित्न चाहन्छ । अरु प्रतियोगितामा निकै राम्रो खेल्ने भारतले आईसीसीका प्रतियोगितामा भने राम्रो प्रदर्शन गरेको छैन । पछिल्ला एक दशकयता भारतले आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन ।

भारतले आइसिसी प्रतियोगिता उपाधि पछिल्लो पटक सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो । भारतले २०१३ को आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा घरेलु टोली इंग्ल्यान्डलाई पाँच रनले हराउँदै उपाधि जितेको थियो ।

भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको फाइनलमा २०२१ मा इंग्ल्यान्डको साउथह्याप्टनमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

२०२१ देखि सुरु भएको दोस्रो टेस्ट च्याम्पियनसिपमा अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved