सुन्दर कपालका लागि अमला र मेहेन्दीको पाउडर

नेपालभ्युज

सुन्दर कपालका लागि अमला र मेहेन्दीको पाउडर

एजेन्सी । अमला र मेहेन्दी दुबै नै कपालका लागि कुनै औषधी भन्दा कम हुँदैनन् । यहाँ जानौं अमला र मेहेन्दीको पाउडरलाई मिसाएर कपालमा लगाउँदा हुने फाइदाहरुका बारेमा ।

– मेहेन्दी र अमला पाउडर दुबैमा एन्टीफंगल, एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण भरपूर मात्रामा पाइन्छ । यी दुबै मिश्रण कपालमा लगाउँदा कपालको भल्यूम बढ्छ ।

– अमला र मेहेन्दीको पाउडरलाई मिसाएर लगाउँदा टाउकोमा हुने संक्रमणको सम्भावना पनि कम हुन्छ । यसले स्काल्पको पिएच लेवललाई नियन्त्रित गर्छ र कपालको स्वास्थ्य राम्रो बनाउँछ ।

– कतिपय मानिसको स्काल्पले एकदमै धेरै मात्रामा सीबमको उत्पादन गर्दछ जसले छालामा संक्रमण हुने सम्भावना बढ्छ । यस्तोमा यस मिश्रणको प्रयोग गर्नु एकदमै फाइदाजनक हुन्छ ।

– अमला र मेहेन्दी दुबैमा उच्च प्रकारका पोषक तत्वहरु हुन्छन्, जसले कपाल झर्न कम गर्छ र कपाल वृद्धि पनि बढाउँछ ।

– अमला र मेहेन्दी दुबैमा कैयौं त्यस्ता पोषक तत्वहरु पाइन्छन् जसले कपाल झर्न समेत कम गर्छ । साथै कपालको वृद्धि पनि पहिलेभन्दा धेरै हुन थाल्छ ।

– त्यस्तै कपाल उमेर अघि नै कपाल फुल्ने समस्याबाट निजात पाउनका लागि पनि मेहेन्दीमा अमलाको धुलो मिसाएर लगाउन सकिन्छ । यसले कपालको रंग सुन्दर बनाउनका साथै सेतो कपाल उम्रन कम हुन थाल्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved