प्रिमियममा आईपीओ निष्कासन गर्ने आईएमई लाइफ पहिलो कम्पनी बन्यो

नेपालभ्युज

प्रिमियममा आईपीओ निष्कासन गर्ने आईएमई लाइफ पहिलो कम्पनी बन्यो

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितो पत्र बोर्डले स्वीकृति दिए सँगैप्रति कित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनको लागी स्विकृति भएको उल्लेख गरिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापीटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिति रहेको छ । यसै गरी जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपालको प्रतिष्ठित र अग्रणी व्यवसायिक समूह आइएमई ग्रुपद्वारा प्रवद्र्धित विभिन्न कम्पनीहरुमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो । दक्ष तथा अनुभबी व्यवस्थापनद्वारा संचालित यस आई.एम.ई.लाइफ इन्स्योरेन्सले बीमित तथा शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved