छायाँनाथ रारा नगरका पूर्वप्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर

नेपालभ्युज

छायाँनाथ रारा नगरका पूर्वप्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमिता गरेको आरोपमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगरप्रमुख र उपप्रमुखसहित नौ जनाविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक निर्माणमा तीनजना प्रतिनिधि, तीन कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन नगर प्रमुख हरिजंग शाही, तत्कालीन नगर उपप्रमुख सुन्तला रोकाया र वडा नम्बर ७ का सदस्य पशुपति शाही लगायतविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष ०७४/७५ मा यस्तो अनियमितता भएको हो ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ स्थित बिसौनीदेखि किउरीसम्मको बाटो निर्माणको वास्तविक कामभन्दा धेरै काम भएको देखाएर भुक्तानी भएको देखिएको छ । जसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, इन्जिनियर महेशसिंह कठायत र असिस्टेन्ट सब–इन्जिनियर हस्तबहादुर मल्ललाई पनि प्रतिवादी बनाइएको छ ।

वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी कामको समेत प्रतिवेदन स्वीकृत गरी भुक्तानी दिएर २२ लाख ३६ हजार चार सय ८२ रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव साधना मल्लविरुद्ध पनि मुद्दा दायर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved