बाबा रामदेवसमक्ष प्रधानमन्त्रीको अपिल- खप्तडको विकासका लागि सहयोग गर्नु

नेपालभ्युज

बाबा रामदेवसमक्ष प्रधानमन्त्रीको अपिल- खप्तडको विकासका लागि सहयोग गर्नु

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रको प्रवर्द्धनका लागाी आवाश्यक सहयोग गर्न भारतका प्रशिद्ध योगगुरु बाबा रामदेवसमक्ष अपिल गरेका छन् ।

खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो अपिल गरेका हुन् । सो अवसरमा उनले बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल समेत रहेको  खप्तडलाई खप्तड विकास प्रतिष्ठान वा खप्तड विकास कोषको रूपमा विकास गरिने समेत बताए । प्रकृतिले दिएको स्वर्गलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले  खप्तडको सुन्दरता धेरै रहेको बताए । परराष्ट्रमन्त्री एनपी साउदले खप्तडको महत्व विश्वसामु चिनाउन अन्तर्राष्ट्रिले सम्मेलनको भुमिका महत्वपूर्ण हुने बताए  । पूर्वउपप्रधानमन्त्री भीम रावलले खप्तडको विकास  सुदूरपश्चिमको आधार भएको धारण व्यक्त गरे ।

विशिष्ट अतिथिका रुपमा उपस्थित रहेका भारतका प्रशिद्ध योगगुरु बाबा  रामदेवले सरकारले खप्तडको विकासका लागि बेग्लै नीति बनाउनुपर्ने सुझाव दिए । ‘

कार्यक्रममा  पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ण, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, योगगुरु बाबा रामदेव लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु  उपस्थिति थिए ।

तीन दिने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र भारतका विभिन्न ठाउँका श्रद्धालुहरुको उपस्थिति रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved