वर्षैपिच्छे करका दर परिवर्तन गर्दा लगानी वृद्धि हुन सक्दैनः अध्यक्ष ढकाल

नेपालभ्युज

वर्षैपिच्छे करका दर परिवर्तन गर्दा लगानी वृद्धि हुन सक्दैनः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्ने बताएका छन् । आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट

बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले आर्थिक विधेयकमार्फत सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको भन्दै यसले निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको बताए।

आर्थिक विधेयकमा स्टिल तथा उत्पादनमुलक उद्योगमा कायम गरिएको करका दर परिमार्जन हुनुपर्ने उनको भनाई थियो। उनले सरकारले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुटलाई कटौति गर्नु राम्रो नभएकोमा समेत जोड दिए।

अध्यक्ष ढकालले चालु आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्थाहरु बजेटले खारेज गरेको विषलाई निजी क्षेत्रले स्वीकार गर्न नसक्ने भन्दै महासंघले आर्थिक नीति स्थिर भएको हेर्न चाहेको र आर्थिक वर्षैपिच्छे करका दर परिवर्तन हुनु राम्रो नभएको उल्लेख गरे।

बजेटमा नीति परिवर्तन गर्दा त्यसको बाहिर प्रभाव मूल्याङ्कन र लगानीलाई प्रोत्साहन हुनेगरी गर्न आवश्यक रहेको उनको भनाई थियो । ‘चालु आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्थाहरु बजेटले आगामी आर्थिक वर्षको लागि खारेज गरेको छ । त्यसलाई निजी क्षेत्रले प्रशंसा गरेको छैन’ उनले भने, ‘सरकारले आर्थिक विधेयकमा स्टिल र उत्पादन उद्योगमा लगाएको करका दरहरुका विषयमा निजी क्षेत्रको माग थिएन । सरकारले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा नियामक निकायले प्रोत्साहन लागि दिएको छुटलाई कटौति गर्नु पनि राम्रो कुरा होईन।’

यसैगरी आर्थिक वर्षैपिछे करका दर परिर्वतन गर्नु भनेको आर्थिक ऐन स्थिर हुन नसक्नु हो भन्दै उनले भने, ‘यदी सरकारले आर्थिक नीति स्थिरता दिन सकेन भने निजी क्षेत्रको मनोबल कमजोर हुन्छ । त्यसले आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन सक्दैन । सरकारले जानाजान करका दर परिवर्तन गरेको भए परिमार्जन हुनुपर्छ ।’

अध्यक्ष ढकालले सरकारको आर्थिक विधेयकमा करका दर अचानक परिवर्तन गर्दा दीर्घकालिन असर पर्ने समेत बताए। उनले निजी क्षेत्रले बजेट सुन्दा राम्रो भन्ने तर पाना पल्टाउँदा विरोध गर्ने प्रचलन रहेको भन्दै बजेट लेख्दा राम्रो भाषामा लेख्ने तर आर्थिक विधेयकमा लेख्ने नम्बर परिवर्तन गर्ने आशंका व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved