मधेस प्रदेशको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, उद्योग, पर्यटनका साथै भौतिक पूर्वाधारमा जोड (पूर्णपाठ)

मधेस प्रदेशको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, उद्योग, पर्यटनका साथै भौतिक पूर्वाधारमा जोड (पूर्णपाठ)

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

मधेश प्रदेश सभाको बैठकमा पेश गरिएको प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, उद्योग, पर्यटनका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिइएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको समग्र विकासका लागि सिचाईं, यान्त्रिकीकरण, उन्नत प्रविधिका साथै उत्पादित कृषिको प्रशोधन तथा बजारीकरणमा जोड दिइएको छ । यसका साथै किसानहरूलाई निःशुल्क कृषि विद्युत् मिटर जडान गर्दै भूमिगत सिँचाइमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

प्रस्तुत गरिएको निति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रथमिकतामा राखेर उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रदेश र स्थानीय तहको सहकार्यमा बाँझो एवम् उपयोगविहीन खेतीयोग्य जमीनको प्रयोग (कृषक समूह तथा कृषक सहकारीलाई लिजमा जमीन उपलब्ध गराउने व्यवस्था), ‘एक टोल एक सामूहिक कृषि उत्पादन’, ‘एक वडा एक विशेष उत्पादन’ र ‘एक पालिका एक उत्पादन क्षेत्र’लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

प्रदेश वन तथा वातावरण मन्त्रालयद्वारा माथिल्लो तथा तटीय अन्तरसम्बन्धको आधारमा चुरेको प्रभावकारी संरक्षण गर्न एकीकृत प्रणालीअनुरूप चुरे संरक्षण तथा व्यवस्थापन कार्यान्वयका लागि ‘चुरे संरक्षण तथा व्यवस्थापन ऐन’ बनाउन आवश्यक पहल गरिने, प्रदेशभित्र रहेका नदीजन्य पदार्थ जस्तै बालुवा, गट्टी, क्रसर उद्योगलाई व्यवस्थित गर्न आवश्यक ऐन, कानून निर्माण गरी कार्यान्वयनमा ल्याईने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

यसका साथै मधेश प्रदेशका विभिन्न पर्यटकीय स्थलको विकास तथा सौन्दर्यकरणमा विशेष जोड दिँदै बाराको गढीमाइको विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रदेश प्रमुखले पेश गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

मधेस प्रदेशको पर्यटन पुर्वाधार, आन्तरिक पर्यटनको आधार भन्ने नारालाई सार्थक तुल्याउन प्राथमिकताका प्रदेशका साथ धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक महत्वका पुर्वाधारको जिर्णोद्धार, विकास र प्रवर्द्धन गर्न दीर्घकालीन प्रभाव र परिणाम दिने ठूला लगानीका एक जिल्ला एक नवीनतम् पर्यटकीय गन्तव्य को कार्यनीति लिइ प्रदेश गुरुयोजना तुर्जमा गरी वार्षिक तथा बहुवर्षीय कार्यक्रमलाई निरन्तरता दिइनेछ।

नीति तथा कार्यक्रममा शौर्य ऊर्जाको पर्याप्त सम्भावना भएकाले शौर्य ऊर्जामा विशेष जोड दिने भएको छ । यसका साथै प्रदेशका सबै सडकको किनार खाली जग्गा वृक्षारोपण अभियानमा तीव्रता दिने मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । यसका लागि प्रदेशमा नर्सरी विकासमा जोड दिई बिरुवा उत्पादन गरिने भएको छ ।

 

पूर्णपाठ;

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved