जेलमुक्त भएपछि गाउँ घुमिरहेका रेशम भन्छन्,- ‘मारिएका प्रहरीका परिवारले न्याय पाउनुपर्छ’

जेलबाट छुटेको भोलिपल्टै उनी टिकापुर घटनामा मारिएका बालकको परिवारलाई भेट्न पुगे। मृतक बालकको अभिभावलाई भेट्दै ‘सत्य तथ्य बाहिर ल्याउनका लागि सहयोग गर्ने वचन व्यक्त गरे।’ घटनामा मारिएका प्रहरीका परिवारले न्याय पाउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि सहयोग गर्ने बताए।

नेपालभ्युज

जेलमुक्त भएपछि गाउँ घुमिरहेका रेशम भन्छन्,- ‘मारिएका प्रहरीका परिवारले न्याय पाउनुपर्छ’

काठमाडौं। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी कैलालीका विभिन्न गाउँ घुमिरहेका छन्। उनले रिहा भएपछिको एक साता आफ्नै गाउँमै बिताए।

उनी रिहा भएकै दिन १५ जेठमा गाउँ पुगेका थिए। २०७२ भदौमा टिकपुर घटनाभएपछि उनी गाउँ गएका थिएनन्। पाँच वर्ष जेल बसेका उनी आठ वर्षपछि गाउँ पुगेका हुन्।

जिल्ला गएकै दिन बृहत् सभालाई उनले संबोधन गरेका थिए। उनी छुटेको अवसरमा पार्टीले सभा आयोजना गरेको थियो। साथै र्‍याली पनि आयोजना गरिएको थियो।

भोलिपल्ट उनी टिकापुर घटनामा मारिएका बालकको परिवारलाई भेट्न पुगेका थिए। टीकापुर घटनामै दोषी ठहर भई जेलमा रहेका उनले मृतक बालकको अभिभावलाई भेट्दै ‘सत्य तथ्य बाहिर ल्याउनका लागि सहयोग गर्ने वचन व्यक्त गरे।’

साथै घटनामा मारिएका प्रहरीका परिवारले न्याय पाउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि सहयोग गर्ने बताए।

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको खण्डमा सत्यतथ्य बाहिर आउने उनले बताए। कैलालीको टिकापुर, भजनीलगायत वरिपरिका विभिन्न पालिका र गाउँटोल घुमिरहेका छन्। मतदाताहरूसँग कुरा गर्दै उनले ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न’ उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

यसविचमा उनले केही मिडियालाई अन्तरवार्ता दिएका छन्। पत्रकारहरूसँग अन्तरक्रिया पनि गरे। कुराकानीको क्रममा उनले आफ्नो राजनीतिक यात्राको बाटो नछेकिएको बताए।

विभिन्न गाउँ टोल पुगेका उनले फेरि आफू चुनाव लडेर जनप्रतिनिधि बन्ने बताइरहेका छन्। २०८४ मा हुने आम निर्वाचनमा उम्मेदवार बन्ने सोच राखेका उनी अहिलैदेखि घरदैलोमा छन्।

गाउँ पुगेर त्यहाँमा मानिसहरू भेट्दै उनले आफ्नो राजनीतिक यात्राको बाटो नछेकिएको दाबी गर्दै आएका छन्। उनी भन्छन्, ‘‘रेशम दाजु चुनाव लड्न्या हो, जित्न्या हो र यो देशको बागडोर सम्हाल्ने हो।’’

२०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षकको पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दिएकी छिन्। सो विषयमा प्रतिक्रिया दिँदै रेशमले अदालतले गर्ने जुनसुकै फैसलाको सम्मान गर्ने बताउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved