नरिवलको दुध लगाउनुस, अनुहार चम्काउनुस

नेपालभ्युज

नरिवलको दुध लगाउनुस, अनुहार चम्काउनुस

एजेन्सी । नरिवलको दुध छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई लगाउँदा छाला मोइस्चराइज हुन्छ र साथमा अनुहारमा चमक पनि आउँछ ।

आउनुहोस् जानौं अनुहारमा नरिवलको दुध लगाउँदा हुने फाइदा बारे ।

चाउरीपना

नरिवलको दुधले छालामा हुने चाउरीपना कम गरेर बुढोपनको लक्षणलाई पनि कम गर्छ । यसलाई अनुहारमा लगाउँदा चाउरिँदा बन्ने दाग पनि कम हुन्छ ।

मोइस्चराइज

नरिवलको दुधले छालाई प्राकृतिक रुपमा मोइस्चराइज गर्ने काम गर्छ । यसलाई अनुहारमा लगाउँदा मुलायम हुन्छ र अनुहारको रुखोपन गायब हुन्छ ।

इलास्टिसिटी

इलास्टिसिटी कम हुँदा छालासँग जोडिएका समस्या आउन सक्छन् । नरिवलको दुधमा भिटामिन ई र भिटामिन सी हुन्छन्, जसले छालाको इलास्टिसिटी बढाउन सहयोग गर्छन् ।

सनबर्न

नरिवलको दुध लगाउँदा सनबर्न यानिकी घामको किरणले डढेको छाला पनि ठिक हुन्छ । त्यसैले तपाईं गर्मी मौसममा नरिवलको दुध अनुहारमा अवश्य लगाउनुहोस् ।

चमक

अनुहारमा चमक ल्याउनका लागि पनि नरिवलको दुध एकदमै प्रभावकारी छ । यसलाई लगाउँदा सुख्खा, मरेको छाला हटेर अनुहारमा नयाँ चमक आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved