हरियो भान्टा खाँदा स्वास्थ्यमा हुने फाइदा यस्ता छन्

नेपालभ्युज

हरियो भान्टा खाँदा स्वास्थ्यमा हुने फाइदा यस्ता छन्

एजेन्सी । हरियो भान्टामा त्यस्ता पोषक तत्व पाइन्छन् जसले स्वास्थ्यसँग जोडिएका समस्या कम गर्नुका साथै शारीरिक विकासमा सहयोग गर्छ । आउनुहोस् जानौं नियमित रुपमा हरियो भान्टा सेवन गर्दा पाइने फाइदा बारे ।

इम्यूनिटी राम्रो हुन्छ

भान्टा अर्थात हरियो बैगन खाँदा भाइरल तथा मौसमी रोगबाट बच्न सकिन्छ । यसमा पाइने भिटामिन ए, सी र भिटामिन ई ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जसले संक्रमणको सम्भावना कम गर्दछ ।

मुटुका लागि फाइदाजनक

शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दा मुटु सम्बन्धी समस्याको खतरा पनि बढ्छ । यस्तो अवस्थामा हरियो बैगनको सेवन एकदमै फाइदाजनक हुन्छ । यसमा त्यस्ता पोषक तत्व पाइन्छन्, जसले कोलेस्ट्रोलको मात्रालाई कम गर्दछ ।

तौल कम गर्न फाइदाजनक

बढिरहेको तौलका कारण समस्यामा हुनुहुन्छ भने बैगनको सेवन फाइदाजनक हुन सक्छ । हरियो बैगनमा क्यालोरी कम तथा फाइबर धेरै हुन्छ जसले पेट लामो समयसम्म भरिएको महसुस हुन्छ र विस्तारै बोसो कम हुन थाल्छ ।

पेटका लागि फाइदाजनक

हरियो बैगनको नियमित सेवनले पेट सम्बन्धी समस्यालाई पनि कम गर्न सकिन्छ । बैगनमा फाइबरको मात्रा अत्यधिक हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ र अपच सम्बन्धी समस्या कम गर्न सहयोग गर्दछ ।

दिमागका लागि फाइदाजनक

हरियो बैगन सेवन गरेमा मस्तिष्कको कार्यक्षमता राम्रो हुन्छ र दिमागका कोषिकाको विकास तीव्र गतिमा हुन्छ । हरियो बैगनमा आइरन, फोलेट तथा जिंक जस्ता मिनरल्स पाइन्छन् जो स्मरण शक्तिलाई बलियो बनाउन सहयोगी हुन्छन् ।

मधुमेहका लागि राम्रो

मधुमेहको समस्यामा हरियो बैगनको सेवन एकदमै फाइदाजनक मानिन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्दछ । त्यसैले मधुमेहका बिरामीले आफ्नो खानपानमा बैगन अवश्य सामेल गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved