खुट्टामा यस्ता तीन संकेत देखिए भने बुझ्नुस् कोलेस्ट्रोल बढ्यो

नेपालभ्युज

खुट्टामा यस्ता तीन संकेत देखिए भने बुझ्नुस् कोलेस्ट्रोल बढ्यो

एजेन्सी । शरीरमा कोलेस्ट्रोल बढ्नु एउटा गम्भीर समस्या हो । जसले मुटु, नशा लगायत विभिन्न समस्या निम्त्याउन सक्छ । शरीरमा कोलेस्ट्रोलको स्तर बढ्दा केही संकेत देखिन्छन् जसलाई चिनेर चिकित्सकलाई देखाउन सकिन्छ ।

उच्च कोलेस्ट्रोल एउटा ‘साइलेन्ट किलर’ जस्तै हुन्छ । यसले सुस्त-सुस्त शरीरका अंगमा नोक्सानी पुर्‍याउँछ । शरीरमा कोलेस्ट्रोल एउटा बोसो जस्तो पदार्थ हो जो कोशिकाहरु, केही हर्मोन तथा भिटामिन डी बनाउन जरुरी हुन्छ ।

तर यदि शरीरमा कोलेस्ट्रोलको मात्रा २०० मिलीग्राम प्रति डेसीलिटर भन्दा बढ्यो भने त्यो मानिसको लागि खतरनाक हुन्छ । रगतमा कोलेस्ट्रोलको स्तर लामो समयसम्म धेरै भयो भने यसले हृदय रोग तथा स्ट्रोक जस्ता गम्भीर रोग निम्त्याउन सक्छ ।

चुपचाप बढ्छ कोलेस्ट्रोल

उच्च कोलेस्ट्रोलले शरीरमा हानिकारक प्रभाव पार्छ किनकी यसको पहिचान नै ढिलो हुन्छ । हाई कोलेस्ट्रोलको सुरुआतका लक्षण एकदमै हल्का हुन्छन् जसलाई मानिसले ध्यान नै दिँदैनन् । त्यसैले गर्दा यो शरीरमा सुस्त सुस्त बढ्दै जान्छ, जब यसको पत्ता लाग्छ त्यतिबेलासम्म शरीरमा धेरै नोक्सान पुर्‍याइसकेको हुन्छ । तर केही सावधानी अपनाइयो भने उच्च कोलेस्ट्रोलका लक्षण सजिलै चिन्न सकिन्छ ।

क्लाउडिकेशन

क्लाउडिकेशन रगतको बहावमा कमी हुँदा आउने दुखाई हो जो उच्च कोलेस्ट्रोलको सबैभन्दा महत्वपूर्ण लक्षण मध्ये एक हो । यस स्थितिमा खुट्टाका मांसपेशीमा दुखाई, ऐंठन तथा थकान उत्पन्न हुन्छ ।

यो प्राय निश्चित दुरी हिँडेपछि हुन्छ जसलाई केहीबेर आराम गरेपछि निको पनि हुन्छ । क्लाउडिकेशनको दुखाई धेरैजसो खुट्टाका सम्पूर्ण भागमा हुने गर्दछ ।

खुट्टा चिसो हुने

यो उच्च कोलेस्ट्रोल भएको एउटा आम संकेत हो । यदि धेरै नै बढी तापक्रममा पनि खुट्टा चिसो हुने र कपकपी हुने हुन्छ भने यो पेरिफेरल आर्टरी डिजिजको संकेत हुन सक्छ । हुन सक्छ यसले सुरुआती चरणमा तपाईंलाई कुनै समस्या दिँदैन तर यो लामो समय रह्यो भने डाक्टरको सल्लाह लिईहाल्नुस् ।

खुट्टाको छालाको रंग तथा बनावटमा परिवर्तन

उच्च कोलेस्ट्रोलका कारण रक्त वाहिकामा प्लाक जम्मा हुन थाल्छ जसले रगतको प्रवाहलाई प्रभावित गर्छ । जब कुनै अंगमा रगतको आपूर्ति कम हुन्छ यसले उक्त अंगको समग्र कार्य तथा छालाको बनावटलाई पनि प्रभावित गर्छ ।

यस्तोमा तपाईंको खुट्टाको छालाको रंग तथा बनावटमा केही परिवर्तन देख्नुहुन्छ भने यसको पछाडि उच्च कोलेस्ट्रोलको कारण हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved