शिकारीले हानेको गोलीबाट घाइते भएकी किशोरीको मृत्यु

शिकारीले हानेको गोलीबाट घाइते भएकी किशोरीको मृत्यु

सुर्खेत । कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते भएकी एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको नरहरीनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो बारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर उनी घाइते भएकी थिइन् ।

घाइते सहकारीको प्राथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा लागेको थियो । सहकारीको आजै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्यष्टी गरिएको छ । सहकारी कक्षा दश मा पढ्दै थिइन् ।

घटना के ? कसरी ? घटेको हो भन्ने बारेमा प्रहरी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved