हेटौंडामा फिल्म ‘नम्बरी सुन’को प्रिमियर

नेपालभ्युज

हेटौंडामा फिल्म ‘नम्बरी सुन’को प्रिमियर

काठमाडौं। आगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को प्रिमियर गरिएको छ । शनिबार हेटौंडाको ओम्याक्स हलमा गरिएको प्रिमियरमा फिल्मका केही कलाकार र स्थानीय दर्शकहरूको उल्लेख्य उपस्थिति थियो ।

सुनको इतिहास र सुन बनाउने सुनारको पुरानो चलनलाई फिल्ममा देखाइएको छ ।  फिल्ममार्फत सुन बनाउने सुनारलाई वर्षौं पहिले गाउँका काजीहरूले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको बताए । प्रिमियरमा फिल्मलाई दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया मिलेको बताइएको छ ।

फिल्ममा गौरव र किरणका साथै नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गीलगायको पनि अभिनय छ ।

फिल्मको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् । फिल्ममा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतमराज खड्काको सम्पादन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved