रियलमीले ल्यायो १९ हजार रुपैयाँमै ६/१२८ जीबीको पातलो फोन

नेपालभ्युज

रियलमीले ल्यायो १९ हजार रुपैयाँमै ६/१२८ जीबीको पातलो फोन

काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ६/१२८ जीबीको पातलो फोन सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले ‘नार्जो एन सिरिज’ अन्तर्गत एन५३ र एन५५ फोन सेट सार्वजनिक गरेको हो ।

रियलमीले नार्जो एन ५३ लाई आफ्नो अहिलेसम्मकै पातलो स्मार्टफोनका रूपमा परिचित गराएकाे छ । यसमा आईफोन १४ प्रोमा उपलब्ध भएको डाइनामिक आईल्यान्ड जस्तो ‘मिनी क्याप्सुल’ फिचर उपलब्ध गराएकाे छ ।

एन्ड्रोइड १३ मा आधारित यस फोनमा ९० हर्ज रिफ्रेसरेट भएको यस मोडेलमा ६.७४ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको छ।  यो फोन युनिसेक टाइगर टी ६१२ (१२ एनएम) प्रोसेसरद्वारा सञ्चालित छ ।

यसमा दुई वटा ब्याक क्यामेरा रहेका छन्, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । सेल्फी खिच्न रुचाउनेहरूका लागि यो फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा फिङ्गरप्रिन्ट, एक्सिलेरोमिटर, प्रोक्सिमिटी, कम्पास जस्ता सेन्सर रहेका छन् ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । यसलाई चार्ज गर्न ३३ वाट टाइप-सी सुपरभोक चार्जर दिइएको छ ।

कम्पनीका अनुसार फोनलाई ३१ मिनेटमा ५० प्रतिशत र ८८ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यो फोन फिदर ब्ल्याक र फिदर ब्ल्याक कलरमा पाउन सकिन्छ ।

यो फोन दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसअन्तर्गत ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १५ हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved