१ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

१ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। आइतबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार ह्वात्तै घटेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य एक लाख १३ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार १४ सय ३५ रुपैयाँमा चाँदी खरिद बिक्रि भएकोमा आज १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved