पुम्दीकोट: पोखराको नयाँ पर्यटकीय गन्तव्य (तस्वीरहरु)

पुम्दीकोटमा ५२ फिट अग्लो विशाल शिव भगवानको मूर्ति निर्माण गरिएसंगै यो क्षेत्र अहिले भारतीय सहित नेपाली धार्मिक पर्यटकको आस्थाको केन्द्र समेत बनेको छ।

पुम्दीकोट: पोखराको नयाँ पर्यटकीय गन्तव्य (तस्वीरहरु)

कास्की। पोखरा जाने आन्तरिक एवम् बाह्य पर्यटकको लागि पुम्दीकोट अहिले प्रमुख रोजाइको गन्तव्य बनेको छ।

पुम्दीकोटमा ५२ फिट अग्लो विशाल शिव भगवानको मूर्ति निर्माण गरिएसंगै यो क्षेत्र अहिले भारतीय सहित नेपाली धार्मिक पर्यटकको आस्थाको केन्द्र समेत बनेको छ। नेपालकै अग्लो दाबी गरिएको शिवको मूर्ति सहित अन्य संरचना पूरा गर्न ४० करोड लागत अनुमान गरिएको छ ।

भारतको मथुराबाट ल्याइएको शिवको मूर्ति बाहिर फाइबर र भित्र स्टिलबाट निर्माण भएको हो। पुम्दीकोटमा शिवको बृहत् चिनारीसहित १०८ शिवलिंग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, लगायत संरचनाहरू बन्ने छन्।

मौसम खुलेको बेला यहाँबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमालहरु , फेवाताल र पोखरा उपत्यकाको मनोरम दृश्य देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved