धेरै समय ग्यास रोक्दा हुने समस्या

नेपालभ्युज

धेरै समय ग्यास रोक्दा हुने समस्या

एजेन्सी । ग्यास यानिकी पाद धेरै समय रोकेर राख्दा पाचन सम्बन्धी कयौं समस्या हुन सक्छन् । त्यसैले ग्यासलाई धेरै लामो समय रोक्ने प्रयास गर्नु हुँदैन । यसले पेटमा अन्य समस्या उत्पन्न हुन सक्छ ।

आज जानौं पेटभित्र ग्यास रोकेर राख्दा हुने बेफाइदाबारे :

शरीरमा ग्यास जम्मा हुँदा फेट फुल्ने समस्या हुन सक्छ । यो समस्या त्यतिबेला देखिन्छ जब तपाईं लामो समय ग्यासलाई रोकेर राख्नुहुन्छ । त्यसैले ग्यासलाई बाहिर निस्कन दिँदा नै पेट फुल्ने समस्याबाट जोगिन सकिन्छ ।

पाद लामो समय रोक्दा हाईड्रोजन सल्फाइड नामक ग्यास बढ्न थाल्छ जसले गर्दा शरीरका कोषिकालाई नराम्रो असर पर्दछ । यसले हृदय सम्बन्धी समस्या पनि बढ्न सक्छ ।

पाचन सम्बन्धी समस्या बढ्नु एउटा प्रमुख कारण पनि ग्यासलाई रोकेर राख्नु हो । त्यसैले लामो समय पेटमा ग्यासलाई नियन्त्रण गर्नु हुँदैन ।

महिलाले ग्यास रोकेर राख्दा कोलनमा दबाब पर्छ जसले गर्दा पेट सम्बन्धी विभिन्न समस्या देखिन सक्छन् ।

पेटमा ग्यास जम्मा हुँदा शरीरमा खानेकुराको एलर्जी पनि हुन सक्छ । ग्यासलाई रोक्दा शरीरमा टक्सीन जम्मा हुन थाल्छ जसले अन्य विभिन्न समस्या निम्तिन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved