कम्मरको दुखाई र यसको उपचार

नेपालभ्युज

कम्मरको दुखाई र यसको उपचार

एजेन्सी । अहिले हरेक उमेरका मानिसलाई कम्मर तथा डाढ दुख्ने समस्या देखिरहेको छ । यसका लागि शिथिलतापूर्ण जीवनशैली धेरै हदसम्म जिम्मेवार छ । हालै प्रकाशित लसेन्ट रुमेटोलोजी जर्नलका अनुसार संसारमा करीब ८४ करोड मानिसलाई कम्मरको दुखाई हुने गरेको पाइएको छ ।

कम्मरको दुखाई हुनेहरुमा एक तिहाई मानिस व्यवसायिक क्रियाकलाप, धुम्रपान र आवश्यक भन्दा धेरै तौलका कारणले हुने गरेको पाइएको छ । कामकाजी मानिसलाई मात्र कम्मरको दुखाई हुन्छ भन्ने गलत धारणा पनि रहेको छ । यो पूर्ण रुपमा साँचो छैन । कम्मरको दुखाई कुनै पनि उमेरमा कसैलाई पनि हुन सक्छ । यसका अनेक कारणहरु हुन सक्छन् ।

किन हुन्छ यो समस्या ?

आमरुपमा कम्मरको दुखाईं हड्डी तथा मांसपेशी कमजोर भएपछि हुन्छ । यस्तो अवस्थामा हल्का बसाई उठाई नमिल्दा पनि दुखाई उत्पन्न हुन सक्छ । बढ्दो उमेरसँगै भिटामिन डीको पनि कमी हुँदै जान्छ जसले गर्दा यो समस्या आउँछ ।

लसेन्टको अध्ययनले यो पनि बताएको छ कि, आउने केही दशकपछि कम्मरको दुखाई सार्वजनिक स्वास्थ्य समस्याको रुपमा एउटा चुनौती हुनेछ । जुन प्रकारले मानिसहरुले कम्मरको दुखाईको समस्या देखाउन थालेका छन्, यसले पनि यसको गम्भीरतालाई बुझ्न सकिन्छ । त्यसैले पनि उमेरसँगै स्वास्थ्य सम्बन्धी समस्यालाई गम्भीरतासँग लिएर आफ्नो स्वास्थ्यको ख्याल राख्न एकदमै आवश्यक भएको छ ।

कम्मर दुखाईको हरियो र रातो झण्डालाई बुझनुहोस्

कम्मरको दुखाईलाई दुई प्रक्रियाले बुझ्न सकिन्छ । पहिलो हो हरियो झण्डा संकेत र दोस्रो रातो झण्डाको संकेत । हरियो झण्डामा यस्ता लक्षण हुन्छन् जसको समाधान सामान्य जागरुकता, शारीरिक सक्रियता तथा सामान्य उपचारले गर्न सकिन्छ । आम रुपमा यो समस्या बढ्दो उमेर, शरीरमा भिटामिन डीको कमी, गलत मुद्रामा लामो समय बस्ने, गलत तरिकाले सुत्ने जस्ता कारणले हुने गर्दछ ।

एउटा उमेरपछि हड्डी बढ्ने, हड्डी कमजोर हुने तथा तन्कीने जस्ता समस्या स्वभाविक हुन् । तर यदी रातो झण्डाको कुरा गर्ने हो भने, यी लक्षणहरु गम्भीर चेतावनी हुन् । यो आस्टीयोपोरोसिस, आर्थराइटिस, साइटिका जस्ता विमारीको शुरुआती लक्षण पनि हुन सक्छन् । यदी कैयौं हप्तासम्म लगातार दुखाई भइरहने, ज्वरो आउने, सुन्निने हुन्छ भने सतर्क हुन जरुरी छ । यसका लागि ढिला नगरी विशेषज्ञको सल्लाह लिनु पर्दछ । अहिले अनेक प्रकारका विमारीहरुको निदान नयाँ उपचार विधिहरुबाट सम्भव छ ।

गम्भीर लक्षण

  • अनियन्त्रित ढंगले तौल कम हुनु
  •  लगातार कम्मर तथा घाँटीमा दुखाई हुनु
  • ज्वरो तथा सुन्निने समस्या लगातार हुनु
  •  ढाडसँगै शरीरका अन्य भागमा पनि दुखाई हुनु
  •  लगातार कमजोरी तथा थकान महसुस हुनु
  •  हातखुट्टा सुन्न हुने
  •  पिसाब गर्दा दुखाई महसुस हुनु
    राहत पाउने तरिका
  • औषधी तथा फिजियो थेरापी
  •  सर्जरी, कम्प्लीमेन्ट्री थेरापी तथा मसल्स रिल्याक्सटेन्टले
  •  मसाज, एन्टीइन्फ्मेटरी जेलले
  •  योग तथा शारीरिक व्यायामले

 कम्मर दुखाईबाट बच्ने उपाय

  • मांसपेशी तथा हड्डीलाई बलियो बनाउने
  • बस्ने, उठ्ने, सुत्ने तथा उभिने मुद्रालाई सही राख्ने
  • पर्याप्त मात्रामा भिटामिन डी, कार्बोहाइड्रेट, प्रोटिन तथा क्याल्सियमको सेवनले
  •  कुनै व्यायामले दुखाई हुन्छ भने त्यस्तो व्यायाम नगर्ने ।
  • लगातार दुखाई भइरहेमा विशेषज्ञको सल्लाह अवस्य लिनुहोस् ।

जोखिमको कारण

  •  बढ्दो उमेर
  • शिथिलता
  • अत्यधिक तौल
  • आर्थराइटिस वा क्यान्सर जस्ता विमारी
  • गलत ढंगले तौल उठाउनु
  • धुम्रपान
  • मनोवैज्ञानिक स्थिति

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved