महिनावारीको बेला पेटको दुखाई कम गर्ने खानेकुरा

नेपालभ्युज

महिनावारीको बेला पेटको दुखाई कम गर्ने खानेकुरा

एजेन्सी । केही खानेकुराले महिनावारीको बेला पेटको दुखाईलाई कम गर्न सकिन्छ । कतिपय खानेकुराले औषधि जसरी नै काम गर्दछन् । त्यसैले औषधि भन्दा पहिला यी खानेकुराबाट दुखाई कम गर्ने प्रयास गर्नुहोस ।

हरियो तरकारी

पोषक तत्वको भण्डार हरियो तरकारी महिनावारीका समयमा एकदमै फाइदाजनक हुन्छन् । त्यसैले यदि महिनावारीको बेला पेट दुखाईबाट बच्न चाहनुहुन्छ भने खानपानमा हरियो तरकारीलाई समावेश गर्नुहोस् ।

केरा

भिटामिन बी–६ र पोटाशियमले भरिपूर्ण केराले महिनावारीको बेला पेटमा हुने दुखाईलाई कम गर्न सक्छ । त्यसैले महिनावारीको बेला केराको सेवन गर्नु एकदमै फाइदाजनक हुन्छ ।

ज्वानो

महिनावारीको बेला ज्वानोको सेवन एकदमै असरदार मानिन्छ । त्यसैले यस्तो बेला ज्वानो वा ज्वानोको चिया पिउन सकिन्छ । जसले पेटको दुखाईबाट राहत दिन्छ ।

सोंफ चिया

सोंफको चिया पनि महिनावारीको बेला एकदमै राम्रो घरेलु औषधि हो । यसलाई बिहानको समयमा पिउने गर्दा दिनभर ताजगी महसुस हुनुका साथै पेटको दुखाई पनि कम हुन्छ ।

फलफूल

पोषक तत्व प्रसस्त मात्रामा पाइने फलफूलको सेवन पनि एकदमै राम्रो उपाय हो । यसले पेटको दुखाई कम गर्नुका साथै महिनावारीमा हुने कमजोरीलाई पनि कम गर्दछ । जसले गर्दा शरीर ऊर्जावान हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved