संसदको भित्तोमा राखिएको नक्साबारे भारतको प्रष्टिकरण, ‘अशोका साम्राज्य देखाउन खोजिएको हो’

नेपालभ्युज

संसदको भित्तोमा राखिएको नक्साबारे भारतको प्रष्टिकरण, ‘अशोका साम्राज्य देखाउन खोजिएको हो’

काठमाडौं । भारतले नयाँ संसद भवनमा राखिएको भित्तेचित्रबाट अशोका साम्राज्यको विस्तार देखाउन खोजिएको प्रष्टिकरण दिएको छ । उक्त चित्रमा हाल नेपालका कपिलवस्तु र लुम्बिनी पनि परेको भन्दै आलोचना भइरहेका बेला भारतीय विदेश मन्त्रालयले त्यसलाई हालको राजनीतिक नक्साका रुपमा नबुझ्न आग्रह गरेको हो ।

विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले संचारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै भने, ‘भित्तेचित्रले अशोका साम्राज्यको फैलावट, उनले अपनाएको जिम्मेवार र जनमुखी शासनको विचारलाई चित्रण गरेको म बुझ्छु। चित्र र भित्ता अगाडिको फलेकले त्यही भन्छ।’

यसबारे नेपाल र पाकिस्तानमा आन्दोलन भइरहेको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा बागचीले नेपाली पक्षले आधिकारिक रुपमा यो विषय नउठाएको र पाकिस्तानमा पनि विरोध भएको आफूले थाहा नपाएको जवाफ दिए ।

नयाँ संसद भवनको भित्तोमा “अखण्ड” भारत भनेर अफगानिस्तानसम्मका भूभागसहितको चित्र कोरिएको छ । यसबारे प्रश्न उठेपछि उसले सांस्कृतिक इतिहास देखाउन खोजिएको भन्दै बचाउ गरेको छ ।


Comment

One thought on “संसदको भित्तोमा राखिएको नक्साबारे भारतको प्रष्टिकरण, ‘अशोका साम्राज्य देखाउन खोजिएको हो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved