मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ : पूर्वअर्थमन्त्री पाण्डे

नेपालभ्युज

मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ : पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ। शनिबार काठमाडौंमा भएको स्व.डा. गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

मुलुक आर्थिकरूपमा संकटग्रस्त अवस्थामा पुगेको बताउँदै उनले सरकार र निजी क्षेत्र दुवै दबाबमा रहेको भन्दै मुलुकमा वित्तीय संकट आउन सक्ने परिस्थिति देखिएको बताए ।

निजी क्षेत्रले बैंकको ब्याजदर घट्नुपर्ने माग राखे पनि तत्काल ब्याजदरमा कमी आउने अवस्था नदेखिएको बताउँदै पूर्वअर्थमन्त्री पाण्डेले यो वर्ष बैंकहरुको ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएको स्पष्ट पारे ।

उनले अर्थतन्त्र बुझेकाहरू एक भएमात्रै देशलाई आर्थिक रूपमा सही ठाउँमा ल्याउन सकिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved