महिला टी–२० : नेपाल मलेसियासँग पराजित

नेपालभ्युज

महिला टी–२० : नेपाल मलेसियासँग पराजित

काठमाडौं। मलेसियाविरुद्धको टी–२० सिरिजमा नेपाल पराजित भएको छ। मलेसियामा शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित भएको हो। यससँगै ५ खेलको टी–२० सिरिज २–२ को बराबरीमा पुगेको छ।

नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले पूरै ओभर खेल्दै अन्तिम बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ३८ र इज्जाती इस्माइलले १६ रन बनाए। नेपालका लागि कप्तना रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा ९६ रन बनायो। नेपालको लागि इन्दु बर्माले ३२ र बिन्दु रावलले २४ रन बनाइन्।

सिरिजको अन्तिम खेलमा नेपाल र मलेसिया आइतबार आमने सामने हुनेछन्। नेपाल मलेसियासँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्‍यो। तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गर्‍यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved