‘परस्त्री’ को हिन्दी गीतको राइट्स बिक्री

नेपालभ्युज

‘परस्त्री’ को हिन्दी गीतको राइट्स बिक्री

काठमाडौं। फिल्म ‘परस्त्री’ को हिन्दी गीतको राइट्स बिक्री भएको छ । आगामी असार १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रको गीतको युट्युब राइट्स  ‘बीफोरयू’ नामक भारतीय कम्पनीले खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।

फिल्मको युट्युब प्रदर्शन अधिकार भने विक्री हुन बाँकी रहेको निर्मात्री पाण्डेले बताइन् । त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भइरहेको उनको भनाइ छ ।

फिल्मको अहिले मुम्बईको एक स्टुडियोमा हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । भारतका प्रख्यात गायक–गायिकाहरुले फिल्मको हिन्दी गीत गाएका छन् । नेपालकै मितिमा भारतका हलमा पनि फिल्म लाग्नेछ ।

फिल्मको निर्देशन सुरज पाण्डेले गरेका हुन् र सुरको यो डेब्यु निर्देशन हो । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, एलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, गीत विष्ट, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ । दीपेन्द्र के. खनालको लेखन रहेको फिल्मका डीओपी निरज पाण्डे हुन् ।

थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथालाई उठान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved