मेडिटेशन गर्दा शरीर तथा दिमागलाई हुने फाइदा

नेपालभ्युज

मेडिटेशन गर्दा शरीर तथा दिमागलाई हुने फाइदा

एजेन्सी । मेडिटेशन गर्नु शरीरसँगै दिमागका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसलाई गर्दा तनाव कम हुनुका साथै दिमाग क्रियाशील रहन्छ । आउनुहोस् जानौं मेडिटेशन गर्दा हुने केही फाइदाहरुका बारेमा –

  •  मेडिटेशनले रक्तचापलाई नियन्त्रित राख्दछ । खासगरी मेडिटेशनले रक्तनलीहरुमा हुने तनावलाई कम गर्छ जसले गर्दा रक्तचाप नियन्त्रित हुन्छ ।
  •  त्यस्तै बिहान केहीबेरको मेडिटेशनले शरीरमा ऊर्जाको कमी हुन दिँदैन । जसले गर्दा तपाईं दिनभर ऊर्जावान महसुस गर्नुहुन्छ ।
  • मेडिटेशन गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि प्रभाव पर्छ । जसले गर्दा शरीरमा रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ ।
  •  मेडिटेशन तनावका लागि रामवाण औषधी हो । यसले दिमागमा राम्रो प्रभाव पार्छ र तनाव, एन्जाइटी, डिप्रेशनका लक्षणलाई कम गर्न सहयोग गर्छ ।
  •  यदी तपाईंलाई निद्रा नआउने समस्या छ भने पनि केहीबेर मेडिटेशन गर्नुहोस् । यसले एकदमै राम्रो असर गर्दछ । मेडिटेशनले निद्राको समस्यामा पनि राम्रो काम गर्छ ।
  •  त्यस्तै शारीरिक सँगै मानसिक तथा दिमागलाई पनि रिफ्रेस बनाउने भएकाले स्मरण शक्ति पनि बलियो हुन्छ । मेडिटेशनले एकाग्रता ल्याउँछ र स्मरण शक्ति बढ्दछ ।
  •  शारिरीक तनाव तथा दुखाईमा पनि मेडिटेशन गर्नु एकदमै फाइदाजनक हुन्छ । यसले शरीरको दुखाई कम गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved