गेरु वस्त्रबारे प्रचण्डको प्रस्टीकरण – पाहुनाले लगाउनुपर्ने (प्रोटोकल) नै रहेछ, त्यसैले लगाएँ

नेपालभ्युज

गेरु वस्त्रबारे प्रचण्डको प्रस्टीकरण – पाहुनाले लगाउनुपर्ने (प्रोटोकल) नै रहेछ, त्यसैले लगाएँ

नयाँ दिल्ली। भारतको मध्य प्रदेशमा गेरुवस्त्र लगाएर पूजा गरेको विषयमा आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्टीकरण दिएका छन्। कान्तिपुर दैनिकमा अन्तरवार्ता दिँदै उनले मन्दिरको प्रोटोकल पालना गर्न मात्र गेरुवस्त्र लगाएको बताएका छन्।

प्रचण्डले शुक्रबार उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका थिए। चार दिने भारत भारत भ्रमणमा रहेका प्रचण्डले भ्रमणको तेस्रो दिन नयाँ दिल्लीबाट शुक्रबार इन्दोर पुगे। बिहान ११ बजे कालेश्वर मन्दिरमा पुगेर पूजा अर्चना गरेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ।

प्रष्टिकण दिँदै प्रचण्डले अफिसियल भ्रमण सकाएर इन्दौर आएको बताउँदै प्रचण्डले इन्दौर आउने भएपछि नजिकैको दैनिक एक, डेढ लाख मान्छे आउने महाकालेश्वर मन्दिरमा पूजा गर्न गएको बताए। यसलाई अरू धेरै अर्थ लगाउनुपर्ने आवश्यक नभएको र अरू नेपाली पनि मध्य प्रदेश वा इन्दौर आएको बेला महाकालेश्वर जान सुझाव दिएका छन्।

उनले भने ‘यहाँ आएको बेला त्यहाँ जानु स्वाभाविक नै थियो। त्यो मन्दिर पुग्ने विशिष्ट पाहुनाले गेरुवस्त्र लगाउनुपर्ने (प्रोटोकल) नै रहेछ। मैले लगाउँदिनँ भनेर जनताको भावनामा ठेस पुर्‍याउन हुँदैनथ्यो। मैले त यो सबलाई सहज रूपमा लिएँ, त्यसैले सहज रूपमा गएँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved