अनुहारमा तुरुन्तै चमक ल्याउन चाहनुहुन्छ ? यसो गर्नुस्

नेपालभ्युज

अनुहारमा तुरुन्तै चमक ल्याउन चाहनुहुन्छ ? यसो गर्नुस्

एजेन्सी । अनुहार चम्काउनका लागि हामी धेरै प्रकारका क्रिमको प्रयोग गर्छौँ । साथमा पार्लरमा धेरै पैसा पनि सकिरहेका हुन्छौँ । यसरी महँगो र अनुहारमा पछि असर गर्ने विभिन्न क्यामिकलको प्रयोग गर्नु भन्दा तपाईं आफैँ घरमै केही सामाग्रीको प्रयोगले अनुहारलाई चम्काउन सक्नुहुन्छ । त्यसका लागि तपाईंले धेरै मेहनत पनि गर्नुपर्दैन । घरमा गरिने प्राकृतिक सामाग्रीको प्रयोगले तपाईंको छालामा नराम्रो असर हुँदैन । त्यसैले यहाँ तपाईंलाई केसर र सुन्तलाको बोक्राको प्रयोगले घरमै अनुहार चम्काउने उपाय बताउन गइरहेका छौँ । यस उपायलाई अपनाएर तुरुन्तै तपाईं अनुहारमा चमक ल्याउन सक्नुहुन्छ ।

केसर

चम्किलो छाला पाउनका लागि केसर एकदमै फाइदाजनक हुन्छ । यसका लागि तपाईं थोरै केसर र एक चम्चा महको प्रयोग गर्न सक्नुहुन्छ । दुई सामाग्रीलाई राम्रोसँग मिसाएर केहीबेर केसरलाई महमा भिज्न दिनुहोस् ।

त्यसपछि उक्त मिश्रणलाई अनुहार तथा घाँटीको भागमा लगाएर १० मिनेटपछि सफा गर्नुहोस् । ध्यान दिनुहोला अनुहार सफा गर्नका लागि फेसस्वासको प्रयोग नगर्नुहोला । यस मिश्रणलाई हप्तामा दुईपटक अवश्य लगाउनुहोस् ।

सुन्तलाको बोक्रा

सुन्तलाको बोक्राको प्रयोगले पनि तपाईं छालालाई तुरुन्तै चम्किलो बनाउन सक्नुहुन्छ । यसका लागि सुन्तलाको बोक्राबाट बनेको धुलो एक चम्चा र दुई चम्चा गुलाब जल लिनुहोस् । उक्त सामग्रीलाई एउटा प्लेटमा मिक्स गर्नुहोस् । अब उक्त स्क्रबलाई हल्का हातले अनुहारमा लगाउँदै मसाज गर्दै गर्नुहोस् ।

यसरी ४ मिनेट जति मसाज गरेपछि सफा पानीले मुख धुनुहोस् । यसरी तपाईं हप्तामा ३ पटक यस मिश्रणलाई लगाएर अनुहार चम्काउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved