नागरिकता विधेयक विरोधमा माईतीघरमा ढ्यांग्रो ठटाएर प्रदर्शन

नेपालभ्युज

नागरिकता विधेयक विरोधमा माईतीघरमा ढ्यांग्रो ठटाएर प्रदर्शन
प्रतिकात्मक तश्वीर

काठमाडौं । राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रवार काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा प्रदर्शन भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागकिरता विधेयक प्रमाणीकरण गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भएको भन्दै अहिले विभिन्न स्थानमा विरोध भइरहेको छ ।

यसकै विरोधमा आज माईतीघरमा राष्ट्रवादी केन्द्र नेपालले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा विरोध प्रर्दशन गरेको छ । उनीहरुले माईतीघरमा ढ्यांग्रो ठटाएर विरोध जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved