इमरान खानद्वारा १५ अर्ब रुपैयाँको मानहानिको मुद्दा दर्ता

नेपालभ्युज

इमरान खानद्वारा १५ अर्ब रुपैयाँको मानहानिको मुद्दा दर्ता

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानले राष्ट्रिय जवाफदेहिता ब्युरोका अध्यक्षलाई कानुनी सूचना पठाएका छन्। इमरान खानले अध्यक्षविरुद्ध १५ अर्ब रुपैयाँको मानहानि मुद्दा दायर गर्ने निर्णय गरेको बताएका छन् । यसै सम्बन्धमा कानुनी सूचना पठाइएको हो ।

पूर्वप्रधानमन्त्रीले आफूलाई बिदाको दिन पक्राउ पुर्जी जारी गरी आठ दिनसम्म लुकाएर राखिएको दाबी गरेका छन्।

उनले ट्विट गर्दै लेखेका छन्, ‘मलाई अल कादिर ट्रस्ट केसको अनुसन्धानको बारेमा पनि भनिएको थिएन । एनएबी अध्यादेशको धारा २४ को प्रावधानलाई बेवास्ता गरियो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved