गोलञ्जोर दुर्घटना : खोजी कार्य जारी

नेपालभ्युज

गोलञ्जोर दुर्घटना : खोजी कार्य जारी

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिको लौकुनस्थित सुनकोशी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का अधिकारीहरूको खोजी कार्य जारी छ ।

खोटाङको मौरेगढी शिक्षालयद्वारा आयोजित कार्यक्रममा सहभागी हुनका लागि सीटीईभीटीका निर्देशकहरू यामप्रसाद भुर्तेल र कृष्णबहादुर केसीसँगै प्राविधिक अधिकृत भानु पौडेल र चालक कृष्ण चौधरी चढेको शुक्रबार सुनकोशीमा खसेको थियो । खसेको बीएबी ७४६७ नम्बरको स्कार्पियोसँगै त्यहाँ रहेका अधिकारीहरूको खोजी कार्य भइरहेको छ ।

घटनाबारे थप बुझ्न र सहयोगका लागि खोटाङका प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’ सँगै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलसहितको टोली त्यहाँतर्फ जाँदैछ । पोखरेलले आफूले दुर्घटनालगत्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खबर गरेको बताएका छन् । “जिल्ला प्रशासन कार्यालयले उद्धार कार्य जारी रहेको कुरा जानकारी दिएको छ,” पोखरेलले भनेका छन् ।

गाडी चालक ३१ वर्षीय कृष्ण चौधरी भने पौडिएर बचेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved