नागरिकता प्रमाणीकरणविरुद्ध सर्वोच्च रिट, आइतबार सुनुवाइ

नेपालभ्युज

नागरिकता प्रमाणीकरणविरुद्ध सर्वोच्च रिट, आइतबार सुनुवाइ

काठमाडौं । नागरिकता प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गराएका हुन् । रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

यसअघि जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । प्रमाणीकरणविरुद्ध भण्डारी र न्यौपानेले रिट दायर गराएका हुन् ।

दुई/दुईपटक संसद्ले पारित गरेको विधेयक प्रमाणीकरण नगरीकन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमै थन्काएकी थिइन । त्यही विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved