आईएमई पे विद्युतीय भुक्तानीको सबैभन्दा सुरक्षित माध्यम बन्न सफल

नेपालभ्युज

आईएमई पे विद्युतीय भुक्तानीको सबैभन्दा सुरक्षित माध्यम बन्न सफल

काठमाडौं। आईएमई डिजिटल सोलुसन लिमिटेडको “आईएमई पे”ले हालै ‘सिसा पीसीआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आईएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ।

आफ्नो स्थापनाकालदेखि नै सेवाग्रहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आईएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपश्चात् नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आईएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पुर्‍याएर नवीकरण गरेको छ। आईएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved