रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडि नग्न प्रदर्शन

नेपालभ्युज

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडि नग्न प्रदर्शन

एजेन्सी। भ्याटिकन सिटीमा रुस– युक्रेन युद्धको विरोधमा प्रर्दशन भएको छ । बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन् ।

सो क्रममा चर्चको मुख्य वेदीमा उनी लुगा बिना नै उभिएका थिए । ‘उक्त व्यक्तिको पछाडि युक्रेनका बालबालिकालाई बचाउन माग गर्दै नारा लेखिएको थियो’ त्यहाँस्थित तैनाथ सुरक्षाकर्मीले रोयर्टसलाई भने ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो घटना बिहीबार दिउँसो चर्च बन्द हुनुअघि भएको हो। सो प्रदर्शन गर्ने व्यक्तिलाई भ्याटिकनका गार्डले प्रहरीलाई जिम्मा लगाएका थिए । यद्यपि, उक्त व्यक्तिको परिचय भने खुलाइएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved