ब्रेकिङ न्युज

सीटीईभीटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता

नेपालभ्युज

सीटीईभीटीको गाडी सुनकोसीमा खस्यो, तीन कर्मचारी बेपत्ता

काठमाडौं। सीटीइभीटीको गाडी सुनकोसी नदीमा खसेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट गाडी नदीमा खसेको हो।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ। गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्किएको प्रारम्भिक जानकारी आएको छ। गाडी पूरै नदीमा डुबेको र निकाल्न नसकिएको कारण अन्यको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

गाडीमा सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। स्थानीय र प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved