पाँच वर्ष जेल बसेर आममाफी पाएका रेशम चौधरीद्वारा सरकारी गाडीको दुरुपयोग

नेपालभ्युज

पाँच वर्ष जेल बसेर आममाफी पाएका रेशम चौधरीद्वारा सरकारी गाडीको दुरुपयोग

धनगढी। रेशमलाल चौधरी सरकारी गाडीको  दुरुपयोग गरी खुलेआम घुमिरहेका छन्। टिकापुर हत्यामा दोषी ठहर भई पाँच वर्ष जेल बसेर हालै आम माफी पाएर रिहा भएका चौधरीले सरकारी सवारीको दुरुपयोग गरेको पाइएको हो।

नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरीले टिकापुर नगरपालिकाको गाडी प्रयोग गर्दै आएका हुन्। बुधबार कैलाली कारागारमा टीकापुर घटनाका बन्दीलाई भेट्न उनी नगरपालिकाकै से १ झ २९४ नम्बरको गाडीमा गएका हुन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम सोमबार बिहान रिहा भएका थिए।

राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। सोही घटनामा दोषी ठहर भएका चौधरीलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved