छायाँनाथ रारा नगरपालिकाले विपन्न तथा दलित समुदायलाई हरेक वर्ष दशैं भत्ता दिने

छायाँनाथ रारा नगरपालिकाले विपन्न तथा दलित समुदायलाई हरेक वर्ष दशैं भत्ता दिने

सुर्खेत। मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले विपन्न तथा दलित समुदायलाई प्रति घरधुरीलाई हरेक वर्ष दुई हजार पाँच सय रुपियाँ दशैं भत्ता उपलब्ध गराइने हो ।

कार्यविधि बनाएर विपन्न तथा दलित परिवारलाई दशैं भत्ता उपलब्ध गराउने नीति बनाएको छ ।

गएको दशैंमा पालिकासँग दलित घरधुरीको तथ्याङ्क नभएकोले उक्त समयमा दशैं भत्ता उपलब्ध गराउन नसकिएको नगर प्रमुख विष्णु कुमार भामले बताए । ‘अहिले पालिकाले दलित तथा विपन्न परिबारको घरधुरीको लगत सङ्कलन गरेर भत्ता दिने तयारी गरेको छौं ।’ उनले भने,‘लाभग्राहीहरूको बैंकमा खाता खोलिसकेको छ ।’

पालिकाको लेखा शाखाले दशैं भत्ता बापत लाभग्राहीको खातामा रुपियाँ भुत्तानीको दिने तयारी गरिएको नगर प्रमुख भामले जानकारी दिए । ‘गाँस, बास समान अधिकार भएकाले पालिकाका दलित तथा विपन्न समुदायको जग्गा कम भई उत्पादनमा कमी आएको छ ।’ उनले भने,‘आम्दानीको अवस्था पनि कमजोर हुने भएकाले दलित तथा विपन्न समुदायलाई खाद्यान्न सामग्री खरिद गर्नमा सहजता होस भन्ने उद्देश्यले दलितलाई दशैं भत्ता उपलब्ध गराउन लागिएको हो ।’

नगरमा १ हजार २ सय ५६ दलित तथा विपन्न समुदायको घरधुरी रहेको नगरपालिकाको तथ्याङ्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved