नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको बयान सुरु

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको बयान सुरु

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ मध्य १५ जनाको बयान सकिएसँगै आज पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित बाँकी तीन जनाको बयान सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतमा पूर्व गृहमन्त्री खाणसहित भुटानी शरणार्थी एवं मानव अधिकारवादी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।

महर्जन एक दिनअघि मात्रै पक्राउ परेका थिए। उनीसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ। यो प्रकरणमा अझै १२ जना फरार छन्।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीनै जनाले बयान दिन सुरु गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १२ जना फरार रहेका कारण पक्राउ परेकाहरूको बयानपछि थप निर्णय आउनेछ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित पूर्व सांसद आङटावा शेर्पा र हज समिती अध्यक्ष समशेर मियाँको बिहीबार बयान भएको थियो। पूर्वउपप्रधानमन्त्री रहेका रायमाझी नेकपा एमालेका निलम्बित सचिव हुन् भने शेर्पा कांग्रेसका पूर्व सांसद र मिया हज समिति अध्यक्ष हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved