प्रधानमन्त्रीको भारत भ्रमण

पञ्चेश्वर परियोजना- नेपालले सम्झाइरहन्छ, भारतले बिर्सिरहन्छ !

किन भएन अपेक्षित ‘ब्रेक थ्रु’ ?

पञ्चेश्वर नेपालले सम्झाइरहने र भारतले बिर्सिइरहने परियोजना योजना हो। २६ वर्षअघि भएको महाकाली सन्धिअनुसार पञ्चेश्वर बहु–बहुउद्देश्यीय परियोजना लागू गर्न नेपालले जोड दिँदै आइरहेको छ। नेपाल र भारतका प्रधानमन्त्री एक–अर्काको देशको भ्रमणमा जाँदा हरेक पटक पञ्चेश्वरको विषय उठाइन्छ । तर, कहिल्यै सहमतिमा पुग्न सकिएको छैन।

पञ्चेश्वर परियोजना- नेपालले सम्झाइरहन्छ, भारतले बिर्सिरहन्छ !

नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सबैजसो एजेन्डा अर्थतन्त्रसँग सम्बन्धित थिए। केहीलाई छोडेर सबैजसो एजेन्डामा दुई मुलुकबीच सहमति कायम भएको छ।

मूलतः ऊर्जा र पारवहन सम्बन्धमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्वद्ध पक्षको दाबी भए पनि पञ्चेश्वर परियोजनासहित केही बुहप्रतिक्षित परियोजनामा अपेक्षित ‘ब्रेक थ्रु’  हुन सकेन।

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच बिहीबार बिहान हैदरावाद हाउसमा द्विपक्षीय चासोका विविध विषयमा औपचारिक वार्ता भयो। दुई प्रधानमन्त्रीबीच बिहान ११ बजेदेखि आधा घण्टा एक्ला एक्लै भेट भयो। त्यसपछि प्रतिनिधिमण्डल स्तरीय छलफलमा ऊर्जा, पारवहन, सीमा पार रेल–वे, पेट्रोलियम पाइपलाइन तथा नेपालबाट बङ्गलादेश विद्युत् बिक्रीसम्बन्धी समझदारी भयो। तर, पञ्चेश्वर परियोजनामा छलफल मात्रै भएको प्रधानमन्त्री प्रचण्डले बताए।

दुवै प्रधानमन्त्रीका संयुक्त सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर परियोजनामा भारतीय समकक्षी मोदीसँग आगामी तीन महिनाभित्र सहमतिमा पुग्न सकिने गरी छलफल गरेको जनाएका छन्।

पञ्चेश्वर नेपालले सम्झाइरहने र भारतले बिर्सिइरहने परियोजना योजना हो। २६ वर्षअघि भएको महाकाली सन्धिअनुसार पञ्चेश्वर बहु–बहुउद्देश्यीय परियोजना लागू गर्न नेपालले जोड दिँदै आइरहेको छ। नेपाल र भारतका प्रधानमन्त्री एक–अर्काको देशको भ्रमणमा जाँदा हरेक पटक पञ्चेश्वरको विषय उठाइन्छ । ९ वर्षअघि पहिलो पटक नेपाल भ्रमणमा आउँदा मोदीले संसद्मा बोल्दै पञ्चेश्वर ५ वर्षभित्र सम्पन्न हुने बताएका थिए ।

१४ महिनाअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत भ्रमण गरेका थिए। त्यो क्रममा यस परियोजनाबारे समकक्षी मोदीसँग कुरा गरेका थिए।
२०७८ चैतमा भएको भेटवार्तापछि मोदीले भनेका थिए, ‘‘हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अघि बढ्ने र त्यसको महत्त्वमा जोड दिएका छौँ। यो परियोजना ऊर्जा क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुनेछ ।’’

प्रधानमन्त्रीको भारत भ्रमणबाट नेपाललाई के-के उपलब्धि भयो ?

के मा अड्कियो सहमतिको हलो ?

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नेपाल–भारतबीच पानीको भोगचलन र लाभका आधारमा लगानीसहित १२६ विषयमा विमति देखिएको छ।
चारदिने औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भएको औपचारिक भेटवार्तामा नेपालले प्राथमिकताका साथ राखेको प्रस्तावमा भारतले सहमति जनाएन। जस कारण अपेक्षित ‘ब्रेक थ्रु’ हुन सकेन ।

खासमा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन नसकेपछि यो परियोजनामा सहमति जुट्न नसकेको नेपालका अधिकारीहरूको दाबी छ। नेपालको मुख्य एजेन्डामा रहेका यो विषयमा भारत सहमतिमा आउन नसकेपछि बाँकी अरू विषयमा मात्र सम्झौता भयो।

प्रधानमन्त्री प्रचणडले पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको बताए। तर, ठोस सहमति भएको चाहिँ सार्वजनिक भएन । पञ्चेश्वरको परियोजनाका लागि तीन महिनामा डीपीआर तयार गर्ने दुवै देशका अधिकारीहरूलाई निर्देशन दिइएको प्रधानमन्त्री दाहालको भनाइ छ। तर, डीपीआर बनाउनेलगायतका विषय फेरि कार्यान्वयनमा शंका रहेको भारत भ्रमणम दलमै रहेका एक मन्त्री बताउँछन्।

उनी भन्छन्,‘‘यो डीपीआर बनाउने कुरमा वर्षौँदेखिकै रटान हो। पहिला पनि भ्रमण र वार्ताहरूमा पनि यही विषय आउने गरेको थियो। अहिले पनि ठोस सहमतिबिना पुरानै कुरा दोहोर्‍याइयो। कार्यान्वयन हुन्छ भन्नेमा विश्वास लाग्दैन ।’’

पटना विश्वविद्यालयका प्राध्यापक नवलकिशोर चौधरी भने करिब तीन दशकदेखि प्रगति नभएको पञ्चेश्वर परियोजनाको डीपीआर तीन महिनाभित्र स्वीकृत गर्ने सहमति हुनु ठूलो उपलब्धि भएको मान्छन्। उनी भन्छिन्, ‘‘पञ्चेश्वरमा सहमति गर्ने समयसीमा तोकिएको छ। सहितको प्रगति हुने सुनिश्चितता भएको छ। यसलाई नै उपलब्धि मान्नुपर्छ।’’

पञ्चेश्वर परियोजनामा ४ हजार ८ सय मेगावाट क्षमताको विद्युत्, सिँचाइ र बाढी नियन्त्रणजस्ता बहु–बहुउद्देश्यीय परियोजनाहरू छन्।
उता, १० वर्षमा १० हजार मेगावाट बिजुली भारतीय खुला बजारमा बेच्ने सम्झौता भारतसँग भएको समझदारी भएको छ। यद्यपि नेपालले २५ वर्ष लामो ऊर्जा सम्झौता चाहेको थियो। भारतले नेपालले राखेको २५ वर्ष लामो प्रस्तावमा असहमति जनाएकोले १० वर्षको मात्र समझदारी हुन सकेको वार्तामा सहभागी एक सरकारी अधिकारीले जानकारी दिए।

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिहरू

सम्झौताहरू
–नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण
–नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता
–दोधरा चाँदनी सुख्खा बन्दरगाह निर्माणको सम्झौता
–तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए)
–फुकोट कर्णालीमा भारतीय सरकारी कम्पनी भित्र्याउन समझदारी (एमओयू)
–सिलिगुडी–चारआली अन्तर्देशीय र अमलेखञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता

उद्घाटन-शिलान्यास
–नेपालगन्ज सुख्खा बन्दरगाहको उद्घाटन
–भैरहवा सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीको शिलान्यास
–भैरहवामा एकीकृत सुख्खा बन्दरगाह शिलान्यास
–बनथाह–विराटनगर आईसीपी रेलमार्गको उद्घाटन
–कुर्था–बिजलपुरा रेलमार्ग खण्डको उद्घाटन
–न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको शिलान्यास

सहमतिहरू
–पञ्चेश्वरको विवाद ३ महिनाभित्र टुङ्ग्याउने सहमति
–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस सञ्चालनमा सहमति
–बङ्गलादेशमा विद्युत् निर्यात गर्न भारतको प्रसारण लाइन प्रयोग गर्ने सहमति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved