काठमाडौं। गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न थालेको छ ।
केही दिनदेखि पानी नपर्दा तराईसँगै मध्यपहाडमा गर्मी चर्किएको छ । तराईका केही ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ ।
धेरै सहरको तापक्रम ४० डिग्री हाराहारीमा छ । मध्य पहाडी क्षेत्रमा समेत गर्मीले नागरिक हैरान भएका छन् । तराई मधेसका जिल्लामा केही दिनयता बिहानदेखि बेलुकासम्म नै टन्टलापुर घाम लाग्ने गरेको छ ।
यसले गर्दा तातो हावा चल्ने र लु लाग्ने सम्भावना धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, अहिले काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि घाम चर्किएको छ । अझै २/४ दिन पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।
Facebook Comment
Comment