कम्प्यूटर तथा मोबाइलबाट निस्कने ‘ब्लू लाइट’ आँखासँगै स्वास्थ्यका लागि पनि हुन्छ खतरनाक

नेपालभ्युज

कम्प्यूटर तथा मोबाइलबाट निस्कने ‘ब्लू लाइट’ आँखासँगै स्वास्थ्यका लागि पनि हुन्छ खतरनाक

एजेन्सी । कैयौं रिपोर्टअनुसार, कम्प्यूटर, ल्यापटप तथा मोबाइलबाट निस्कने रोशनीले हाम्रो रेटिनालाई नोक्सान पुर्‍याउँछ र म्याक्यूलर डिजनरेशन को कारण बन्न सक्छ । त्यसो त यो अध्ययन अझै भइरहेको छ । विद्युतीय उपकरणले गर्दा आँखालाई हुने तनाव हामीले ती उपकरण कसरी प्रयोग गर्छौं त्यसमा निर्भर गर्छ ।

लामो समयसम्म यस्ता उपकरणको प्रयोग गर्दा आँखा धमिलो देखिने, चिलाउने, पानी आइरहने वा सुख्खा हुने, टाउको दुख्ने जस्ता समस्याहरु देखिन्छन् । तर यो ब्लू लाइटको असर आँखामा मात्र नभएर सम्पूर्ण शारीरिक स्वास्थ्यमा पनि प्रभाव पर्दछ ।
ब्लू लाइटले आँखा सँगै स्वास्थ्यमा गर्ने असर-

निद्रामा असर

विद्युतीय उपकरणबाट आउने ब्लू लाइटले हाम्रो शरीरको उठ्ने र सुत्ने प्राकृतिक चक्रलाई प्रभावित गर्दछ । लामो समयसम्म विद्युतीय उपकरणबाट निस्कने ब्लू लाइटको सम्पर्कमा रहँदा खासगरी रातको समयमा निद्रा भंग हुन्छ । निद्रामा हुने कुनै पनि प्रकारको बाधाले शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत असर गर्दछ । त्यसैले रातमा सुत्नुअघि २–३ घण्टा पहिला नै यस्ता उपकरण हेर्नबाट बच्नुपर्छ ।

छालामा असर

फोन, ल्यापटप, टिभी आदिबाट निस्कने रोशनीले छालाको कोषिकाहरुलाई पनि प्रभावित गर्दछ । रिसर्चअनुसार यदी तपाईं एक घण्टा भन्दा धेरै ब्लू लाइटको सम्पर्कमा रहनु भयो भने यसले तपाईंको छालाको सेल्सहरुलाई परिवर्तन गर्न थाल्छ । जसले गर्दा छालामा काला दागधब्बा आउने, आँखा वरिपरि कालो हुने, सुन्निने वा छाला सुख्खा हुने जस्ता समस्या आउन सक्छन् । चाउरीपना पनि बन्न थाल्छ, जसले गर्दा समय पहिले नै बुढो देखिने समस्या हुन्छ ।

छालाको क्यान्सरको खतरा

यति मात्र होइन लामो समय यस्तो ब्लू लाइटको सम्पर्कमा रहँदा छाला सम्बन्धी क्यान्सरको खतरा पनि तीव्र गतिमा बढ्छ । एक अध्ययनअनुसार लामो समयसम्म एनर्जी भएको ब्लू लाइट अल्ट्रावाइलेट किरणहरु छालाको गहिराईमा जान सक्छन् जसले गर्दा छालामा क्यान्सर हुने खतरा बढ्दछ ।

त्यसैले यस्तो किरणहरुबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन सकिन्छ । जस्तो आँखाको लागि तपाईं ब्लू लाइट रोक्ने चस्मा लगाउन सक्नुहुन्छ । यसले धेरै हदसम्म यस्तो खराब किरणबाट बचाउन सहयोग गर्दछ । साथमा छाला तथा अन्य स्वास्थ्यका लागि बीच बीचमा ब्रेक लिँदै काम गर्दै गर्न सक्नुहुन्छ ।

लगातार एउटै पोस्चर वा ठाउँमा बसेर घण्टौं मोबाइल, कम्प्यूटर, टिभी हेर्नबाट बच्नुहोस् । जसले गर्दा स्वास्थ्यमा हुने केही नकारात्मक असरबाट बच्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved