प्याजबाट घरमै बनाउनुहोस् ‘हेयर सीरम’, बलियो हुन्छ कपाल

नेपालभ्युज

प्याजबाट घरमै बनाउनुहोस् ‘हेयर सीरम’, बलियो हुन्छ कपाल

एजेन्सी । घाम र पसिनाले हाम्रो कपाललाई एकदमै नोक्सान पुर्‍याइरहेको हुन्छ । जसकारण कपाल झर्ने, टुक्रिने तथा सुख्खा हुने समस्या आउँछ । त्यसैले तपाईं घरमै प्याजबाट ‘हेयर सीरम’ बनाउन सक्नुहुन्छ । जसलाई प्रयोग गरेर तपाईं आफ्नो कपालको स्याहार गर्न सक्नुहुन्छ ।
– हेयर सीरम बनाउनका लागि तपाईंलाई साना तीन वटा प्याज, ३ चम्चा चियापत्ती र एक गिलास पानी र एउटा स्पे्र बोतलको आवश्यकता पर्दछ ।

– सबैभन्दा पहिला एउटा प्यानमा एक गिलास पानी राख्नुहोस् र मध्यम आगोमा तताउनुहोस् । पानी तातिएपछि त्यसमा चियापत्ती राख्नुहोस् र प्यानलाई ढाक्नुहोस् ।

– त्यसपछि प्याजलाई पातलो स्लाइसमा काटेर उक्त चियापत्ती वाला पानीमा राख्नुहोस् ।

– उक्त मिश्रणलाई सानो ग्यासमा १५ मिनेट जति पकाउनुहोस् ।

– १५ मिनेट जति पाकेपछि उक्त मिश्रणलाई छानेर एउटा भाँडोमा चिसो हुन दिनुहोस् ।

– छानिसकेपछि चिसो भएको पानीलाई स्पे्र बोतलमा राख्नुहोस् र प्रयोगका लागि तयार हुन्छ ।

– यसले कपाललाई स्वस्थ राख्छ । यदी तपाईंको कपाल उमेर अघि नै सेतो भइरहेको छ भने पनि यसको प्रयोग गर्न सकिन्छ । यसले कपाल पुनः कालो हुँदै जानेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved