प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरमा १०८ किलो रूद्राक्षले पूजा गर्ने

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरमा  १०८ किलो रूद्राक्षले पूजा गर्ने

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार  मध्यप्रदेशको उज्जैन जाँदैछन् । प्रधानमन्त्री प्रचण्डले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा १०८ किलो रूद्राक्षले  पूर्जाअर्चना गर्ने छन् ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा काठमाडौंबाट ल्याएको विशिष्ट प्रकारको १०८ किलो रूद्राक्षले पूजा अर्चना गर्नेछन् ।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।

यस क्रममा शुक्रबार बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको छ । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved