अटिजमको विषय चलचित्रमा, ‘मीराः स्याडो अफ अ रेन्बो’

नेपालभ्युज

अटिजमको विषय चलचित्रमा, ‘मीराः स्याडो अफ अ रेन्बो’

काठमाडौं । चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण भएको छ ।

निर्माण पक्षले हालै चलचित्रको पोस्टर सार्वजनिक गर्दै विषयबारे जानकारी गराएका छन् । चलचित्रकी निर्देशक अनिता पण्डितले चलचित्रमार्फत अटिजमबारे बुझाउन खोजिएको जानकारी दिईन् । ‘कहिल्यै ठीक नहुने भन्ने सोचको विरुद्ध हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैँले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने तथ्यलाई देखाएका छौँ’, निर्देशक पण्डितले भनिन् ।

चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved