सुडानमा १२ लाखभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसंघ

नेपालभ्युज

सुडानमा १२ लाखभन्दा बढी मानिस विस्थापित : संयुक्त राष्ट्रसंघ

सुडान। सुडान द्वन्द्व सुरु भएको छ हप्तामा १२ लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायताकर्मीले बुधबार बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले स्थलगत टोलीबाट प्राप्त प्रारम्भिक प्रतिवेदनका आधारमा आफ्नो तथ्यांक तयार पारेको जनाएको छ । ओसीएचएले भनेको छ, “यसबीच, हामी र हाम्रा साझेदारहरूले कुनै पनि समय सबै स्थानमा सम्भावित सहयोग पुर्‍याइरहेका छौं । “विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले खार्तुम क्षेत्रमा सहयोग वितरण सुरु गरेको छ । डब्ल्यूएफपीले ओमदुरमानमा फसेका करिब १५ हजार मानिसहरूलाई आपतकालीन खाना उपलब्ध गराएको जनाएको छ ।

सुडानमा डब्लुएफपीले विगत चार हप्तामा सात लाख ८२ हजारभन्दा बढी मानिसलाई खाद्य तथा पोषण सहायता प्रदान गरेको मानवीय सहायता कार्यालयले जनाएको छ । डब्ल्यूएफपीले सुडानमा आधारभूत सम्पर्क चुनौतीपूर्ण रहेका स्थानमा संयुक्त राष्ट्रसंघका सबै निकायहरू र व्यापक मानवीय समुदायलाई आपतकालीन दूरसञ्चार सेवाहरू पनि प्रदान गर्दछ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले अल–जजिराको वाद मेदानीस्थित प्रसूति गृहलाई जीवनरक्षक औषधि र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउने गरेको ओसिएचएले जनाएको छ ।

—रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved