बच्चाको अगाडी आमाबुवाले गर्नै नहुने ५ काम

नेपालभ्युज

बच्चाको अगाडी आमाबुवाले गर्नै नहुने ५ काम

एजेन्सी । हरेक आमाबुवालाई आफ्ना छोराछोरीले राम्रो बानी व्यवहार सिकुन भन्ने नै हुन्छ । र बच्चाहरुले बाहिरका व्यक्तिसँग पनि राम्रो व्यवहार गरुन भन्ने इच्छा सबै अभिभावकको हुन्छ । तर तपाईंलाई थाहा छ, कुनै पनि बच्चाको पहिलो स्कूल र शिक्षकशिक्षका भनेकै उनका आमाबुवा हुन् ।

कैयौं पटक आमाबुवाले जानी वा नजानी बच्चाका अगाडि त्यस्ता काम गर्छन् जसको नराम्रो असर उनीहरुको बच्चामा पर्न जान्छ । त्यस्तै नराम्रो बानी व्यवहार उनीहरुले पनि देखाउन थाल्छन् । त्यसैले बच्चाका अगाडि गर्नै नहुने केही कुरा हामी बताउन गइरहेका छौं, जो सबै आमाबुवाका लागि सही सावित हुनेछ ।

गाली गर्नु

प्रायः मानिसहरुको बानी हुन्छ कुनै कुरामा थोरै रिस उठ्दा पनि उनीहरु गाली गर्न थाल्छन् । यसले तपाईंको बच्चामा नराम्रो असर पर्न सक्छ । त्यस्तै रिस उठेको बेला त्यस्तो नराम्रो शब्दहरु बोलेर कसैलाई पनि गाली गर्ने काम नगर्नुहोला ।

अल्छीपना
तपाईंका लागि यो एकदमै जरुरी हुन्छ कि बच्चाको अगाडि कहिल्यै पनि अल्छी भएर नबस्नुहोस् । यही बानी तपाईंको बच्चामा एकदमै छिटो सर्ने गर्दछ ।

नाक कोट्याउने

कुनै पनि मानिसको नाक कोट्याउने बानी सबैभन्दा नराम्रो हुन्छ । यो सामाजिक ठाउँ वा घर परिवार कही पनि राम्रो मानिदैन । किनकी हामी केही खानलाई पनि त्यही हात प्रयोग गर्छौं । त्यसैले नाकलाई सफा गर्ने समयमा बाहेक अरु बेला बिनाकारण नाकमा हात लग्ने वा कोट्याउने गर्नु हुँदैन । यही बानी बच्चाहरुले पनि सिक्छन् । जो पछि गएर एउटा नराम्रो बानी बन्न सक्छ ।

रक्सी वा चुरोट

हुन त रक्सी, चुरोटको सेवन गर्नु कसैका लागि पनि राम्रो हुँदैन । तर पनि यदी तपाईंलाई यसको लत लागेको छ भने पनि बच्चाको अगाडि यस्ता कुराको सेवन गर्नबाट बच्नुहोस् । किनकी कुनै पनि आमाबुवाले आफूले गर्ने नराम्रो बानी बच्चाले गरेको रुचाउँदैन । त्यसका लागि तपाईं आफै सतर्क हुन जरुरी छ ।

कुरा काट्नु

यदी तपाईं फोनमा वा साथीभाईसँग बच्चाको अगाडि कुरा काट्ने नगर्नुहोस् । यसले तपाईंप्रति बच्चाको दृष्टिकोण नै नराम्रो बन्न सक्छ । अरुको बारेमा कुरा काटेर बस्ने बानीले बच्चा पनि त्यस्तै खालको हुँदै जान्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved