मण्डला थिएटरमा ‘बुद्ध र भिखारी’ (तस्वीरहरु)

मण्डला थिएटरमा ‘बुद्ध र भिखारी’ (तस्वीरहरु)

काठमाडौं।  चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटक ‘बुद्ध र भिखारी’ थापागाँउस्थित मण्डला नाटकघरमा यहीँ जेठ १६ गतेदेखि नियमीत मञ्चन भैरहेको छ।

अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘बुद्ध र भिखारी’को नाट्य रूपान्तरण तथा अनुवादन चेतन आङ्थुपोले गरेका छन्।

नेपाली चलनचल्तीको पौराणिक लोक कथामा आधारित नाटक ‘बुद्ध र भिखारी’ लाई ‘श्याडो पोपेट ड्रामा’ अर्थात छाया ‘स्याडो प्ले’ मार्फत मण्डला थिएटरमा मञ्चन गरिएको छ। एक घण्टा लामो यो नाटक सोमबारबाहेक हरेक दिन बेलुका ५:३० बजे मञ्चन हुनेछ।

शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ। बेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, गणेश ताण्डब, नबिन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सन्जिब योगि, मनिश मगर, मोहन राई लगायतका कलाकारहरूको भूमिका रहेको यो नाटक जेठ ३२ गते सम्म मञ्चन हुनेछ।

नाटकमा बाल कृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रबृदि राईले संगित दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved